सोमवार पनि शेयर बजारमा गिरावट : ५ वटा उपसमूहको कारोबार भने बढ्यो

काठमाडौं । आज (सोमवार) शेयर बजार १८.१९ अंकले घट्दै २३८९.१९ अंकमा पुगेर रोकिएको छ । सोमवार सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले घटेर ४३० विन्दुमा झरेको छ । आज अधिकांस उपसूचक रातो देखिएका छन् ।

आज बैंकिङ,विकास बैंक,हाइड्रोपावर,फाइनान्स कम्पनी,निर्जीवन बीमा कम्पनी,लघुवित्त कम्पनी जीवन बीमा कम्पनी लगायतका उपसमूहहरुको कारोबारमा गिरावट आएको छ । त्यस्तै,ट्रेडिङ,होटल तथा पर्यटन,उत्पादनमुलक कम्पनीहरु,म्युचुअल फण्ड लगायतका उपसमूहरुको कारोबार वृद्धि भएको छ । नेपाल स्टक एक्चेन्ज(नेप्से) का अनुसार होटल तथा पर्यटन समूह ९० अंक, व्यापार समूह ५५ अंक र उत्पादन समूह १० अंकले बढेका छन् ।

सोमवार सर्वाधिक गुमाउने कम्पनीमा हिमालयन पावर पार्टनरको शेयर मूल्य ६ प्रतिशत,सुर्योदय लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र अरुण भ्याली हाइड्रो पावरको शेयर मूल्य ४/४ प्रतिशतले घटेको देखिएको छ ।
सोमवार २१२ कम्पनीको कुल ४ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा ५२ हजार कारोबारबाट ९६ लाख कित्ता सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?