काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ ।
आइतवारबाट शुरु भएको बैठक सोमवार बसेर केही दिनको लागि स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पूर्व निर्धारित कार्यतालिका अनुसार २० केन्द्रीय सदस्यहरुले पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा आ-आफ्नो धारणा राखेका थिए ।
बैठकमा केन्द्रीय सदस्यहरु जनार्दन शर्मा, शक्ति बस्नेत, गणेशमान पुन, पम्फा भुसाल, वर्षमान पुन, रामदिप आचार्य, हेमराज भण्डारी, पुष्पबिक्रम मल्ल, कृष्ण केसी, दलजित श्रीपाली, परशुराम रम्तेल, जयपुरी घर्ती, हितबहादुर तामाङ, प्रकाश पोखरेल, धर्मदत्त देवकोटा, परशुराम तामाङ, दिलाराम आचार्य, ओम शर्मा, कुमार पोखरेल, रामचन्द्र झाले आ-आफ्नो धारणा राखेका हुन्।
आइतवारबाट शुरु भएको बैठकमा विभिन्न ६ एजेण्डाहरु तय गरिएका छन् । त्यसै अनुसार बैठक सञ्चालन गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया