साउदी अरेबियामा विदेशी कामदारले काम फेर्न र देश छोड्न अनुमति लिनु नपर्ने

लोकपथ
0
Shares

काठमाडौं । साउदी अरेबियामा विदेशी कामदारले काम फेर्न र देश छाड्न रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ । त्यहाँको मानव संसाधन तथा सामाजिक मन्त्रालयले काफला प्रणालीमा सुधार गरेर नेपालीसहितका विदेशी कामदारले काम फेर्न र देश छाड्न रोजगारदाताको अनुमति लिनु नपर्ने नियम बनाएको हो ।

सो नियम हिजो (आइतवार)देखि आधिकारिक रुपमा लागू भएको गल्फ न्यूजले जनाएको छ । अब रोजगारदाताको पूर्व स्वीकृति नलिइ रोजगारदातालाई एक निवेदन र अनलाइन सूचना दिएर साउदी अरेबिया बाहिर पनि जान पाउनेछन् । विदेशी कामदारले आफ्नो सम्झौता समाप्त भएपछि रोजगारदाताको अनुमति नलिइ अर्को काम गर्न पाउनेभएका हुन् । तर सो नियमअनुसार निश्चित समय र शर्तहरु पालना गर्दै कामदारले सम्झौता नसकिँदै पनि काम परिवर्तन गर्न पाउनेछन् ।

काफला प्रणाली १९५० को दशकमा अरब देशहरुमा तेल खानी भेटिएपछि यी देशहरुले विदेशी कामदार ल्याउन लागेपछि शुरु भएको थियो । यो प्रणाली अहिले कुवेत, ओमन, कतार र युएइमा पनि प्रचलनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?