काठमाडौं । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलविरुद्ध कारवाहीको लागि मुख्यमन्त्री समक्ष सिफारिस गरिएको छ ।
सोमवार कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुख्यमन्त्रीलाई पत्र लेख्दै कारवाहीको लागि सिफारिस गरेका हुन् ।
पौडेल २०७७ साउन १६ गते मन्त्रालयमा पद वहाली गरेको र त्यसदिनबाट नै मन्त्रालय भन्दा आफ्नै व्यक्तिगत काममा व्यस्त भएको आरोप पौडेलविरुद्ध रहेको छ ।
मुख्यमन्त्रीलाई पत्र लेख्दै मन्त्री रावलले पौडेलले मन्त्रालयको काममा सिन्को नभाचेको आरोप लगाएका छन् ।
उनको कार्य सम्पादन कमजोर देखिएकाले पौडेललाई नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउन तथा कारवाहीको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया