खोटाङ । खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ४२ वर्षीया उर्मिला थापा रहेकी छिन् ।
उर्मिला आईतवार अपरान्ह ४ बजे घर नजिकै आफ्नै बारीमा रहेको दुधिलोको रुखको घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थिइन् ।
थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया