एभरेष्ट बैंकको क्यूआर कोड जानकी मन्दिरमा

लोकपथ
0
Shares

काठमाडौं – एभरेष्ट बैंकले जानकी मन्दिरमा क्यूआर कोड सेवा शुरु गरेको छ ।

बैंकले अत्याधुनिक बैंकिङ सेवा र सुविधाहरु उपलब्ध गराउनका जानकी मन्दिर, जनकपुरमा क्यूआर कोड सेवा शुरु गरेको हो । बैंकका नायव महाप्रबन्धक डा. सन्धिरकुमार र जानकी मन्दिर, जनकपुरका महन्त राम तपेश्वर दासले संयुक्त रुपमा क्यूआर कोड सेवाको उद्घाटन गरे । सो कार्यक्रममा बैंकका नायव महा प्रबन्धक डा.सन्धिरकुमारले भक्तजनहरुले सजिलै क्यूआर कोड प्रयोग गरी भेटी चढाउन सकिने र सो भेटी वास्तविक समयमा नै जानकी मन्दिरको जनकपुर शाखामा रहेको खातामा जम्मा हुने बताए ।

बैंकका ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । १०२ वटा शाखा सञ्जाल, प्रादेशिक कार्यालय, १३४ एटीएम बुथ ३१ वटा रावश्व संकलन केन्द्र रहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?