चैत १ देखि अनिवार्य लागू हुने भनिएको इम्बोस्ड नम्बर प्लेट यसकारण सर्‍यो पछि

काठमाडौं । यहि चैत १ गतेदेखी अनिवार्य रुपमा लागु गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान केही पर सरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालको सरुवा भएपछि चैत १ गतेदेखि मुलकैभरका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम प्रभावित भएको हो ।

महानिर्देशक हमाल अहिले सूचना तथा प्रविधि मन्त्रालय सरुवा भएका छन् । उनले चैत १ देखि मुलुकैभरीका सवारी साधनमा अनिवार्य रुपमा लागू गर्ने घोषणा गरेका थिए । विभागले विगत केही वर्ष यता सबै सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न धमाधम छपाई गर्दै आइरहेको छ । विभागले अहिले सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिरहेको छ । चैत १ देखि निजी तथा सार्वजनिक सवारीसाधनमा अनिवार्य रुपमा जडान गर्ने काम प्रभावित भएको हो ।

विभागका निर्देशक रामचन्द्र पौडेलले निजी तथा सार्वजनिक सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अझै केही समय लागने बताए ।
अहिले ६ हजार भन्दा बढी सवारीसाधनले इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका छन भने चार हजारले जडान गर्न बुक गरिसकेको विभागले जनाएको छ ।

सवारी साधनमा अगाडि र पछाडि दुबैतिर इन्बोस्ड नम्बर प्लेट जडान गरिएको हुन्छ । सो प्लेटमा प्रयोग भएको स्टिकरलाई आरएफआईडी स्टिकर भनिन्छ । सो स्टिकरलाई रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइसले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्न सकिने भएकाले विभागले सबै सवारी साधानमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना बनाएको हो ।

यसको सहायताबाट कुनै पनि सवारी साधान कसको हो ? कसले चलाइरहेको छ ? कहाँ बनेको हो ? आदि इत्यादि पत्ता लगाउन सजिलो हुन्छ । जसका कारण ट्राफिक प्रहरीलाई पनि सबै जानकारी प्राप्त गर्न र नियमन गर्न सजिलो हुन्छ । त्यस्तै,यसको प्रयोगले सवारी साधान चोरिने घटना पनि कम हुँदै जान्छन् ।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य बनाएपछि प्रत्येक सवारीधनीले प्रति सवारी साधन २ हजार ५ सय देखि ३ हजार ६ सय रुपैयाँ तिरेर जडान गर्नुपर्छ । इम्बोस्ड नम्बर प्लेटको मूल्य हाल ठूला सवारी साधनका लागि ३ हजार ६ सय रुपैयाँ, मझौला तथा साना चारपांग्रे सवारीसाधनका लागि ३ हजार २ सय रुपैयाँ, ३ पांग्रे सवारीसाधनका लागि २ हजार ९ सय रुपैयाँ र साना २ पांग्रे सवारीसाधनहरुका लागि २ हजार ५ सय रुपैयाँ तोकिएको विभागले जनाएको छ । तर यो शुल्क महँगो भएको भन्दै विरोध समेत गरेका छन् ।

सवारी साधन इम्बोस्ड                                                  शुल्क

मोटरसाइकल,स्कुटर                                                      २५००

टेम्पु, अटो, तीनपाग्रे                                                         २९००

जिप, कार, भ्यान                                                              ३२००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?