काठमाडौं । मंगोलियामा बालुवाको धुलोसहितको आँधीबेहेरीमा परी ६ जनाको मृत्यु भएको छ । शनिवार रातिदेखि आएको आँधीका कारण अझै ८१ जना बेपत्ता भएको त्यहाँको आपतकालीन व्यवस्थापन विभागले जनाएको छ ।

सो आँधीका कारण ५४८ मानिस बेपत्ता भएका छन् । बेपत्तामध्ये ४६७ जना सम्पर्कमा आएका छन् । बाँकी ८१ जना अझै सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीबेहरीका कारण मंगोलियाका केही क्षेत्रहरूमा विद्युत सेवा कटौती भएको छ ।
आँधीको असर छिमेकी मुलुक चीनमा पनि परेको छ । चीनको राजधानी बेइजिङलगायतका उत्तरी क्षेत्रमा दशककै सबभन्दा ठुलो बालुवासहितको हुरी चलेको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया