काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट तथा छलफल शुरु भएको छ ।
तत्कालिन नेकपाभित्रको विवादका कारण लामो समयपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटघाट भएको हो ।
केहीबेरअघि पार्टी कार्यालय धुम्बाराहीमा एमालेका दोस्रो तहका नेताहरुसहित पार्टी कार्यालय धुम्बाराहीमा बैठक शुरु भएको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै ओली नेपालको भेटघाट हुन सकेको थिएन् । यो संसद विघटनपछिको पहिलो भेट हो ।

पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको भेटघाटमा ओलीसँगै सुवास नेम्वाङ, ईश्वर पोख्रेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली रहेका छन् भने नेपालसँग भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघुजी पन्त रहेको स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएर पूर्व एमालेमा ओली नेपाल फर्किएपनि भेटघाट तथा छलफल हुन सकेको थिएन् । एमालेको बैठकमा आफूहरुलाई नबोलाइएको भन्दै नेपाल पक्षले असन्तुष्ट व्यक्त गरिरहेको थियो भने जानकारी दिएपनि नेपाल समूह नआएको ओली पक्षले दाबी गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया