क्यान इन्फोटेक बैशाख २८ गते देखि

लोकपथ
0
Shares

काठमाडौं । यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ । कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतवार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो ।

मेला बैशाख २८ देखि जेठ २ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने छ । कोभिड महामारीका कारण यस बर्ष गतबर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पुर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।

No description available.

क्यान मेला प्रवेश टिकटलाई यसबर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निशुल्क प्रवेश दिईने आयोजकले जनाएको छ ।

No description available.

यसबर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी बार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० बर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सुचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?