काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान पराजित भएको छ । आइतवार राति भएको खेलमा मिलन नापोलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
१० खेलाडीमा समेटिएको मिलान घरेलु मैदानमै पराजित भएको हो ।
नापोलीलाई जित दिलाउन माटियो पोलीटानोले निर्णायक गोल गरे । खेलको ४९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका थिए ।
यस्तै खेलको इन्जुरी समयमा रेबिकले रातो कार्ड पाएपछि घरेलु टिम अन्तिम केहि समय १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै नापोली लिगको पाँचौं स्थानमा उक्लिएको छ । नापोलीले २६ खेलमा ५० अंक जोडेको छ ।
मिलान २७ खेलमा ५६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया