घरेलु मैदानमै पीएसजी पराजित

लोकपथ
0
Shares

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतवार राति भएको खेलमा पीएसजी घरेलु मैदानमै नान्टेससँग २-१ ले पराजित भएको हो ।

शुरुवाती अग्रता जोगाउन नसक्दा पीएसजीले हार व्यहोरेको हो । खेलको ४२ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ५९ औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २-१ गोलको जित दिलाए ।

यस हारसँगै पीएसजीले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

पीएसजी २९ खेलमा ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नान्टेस २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?