नेपाल-खनालसँग आक्रोश पोख्दै प्रधानमन्त्री ओलीले भने-‘पेरिसडाँडा जानुहोस् न त !’

लोकपथ
0
Shares

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाललाई पार्टीको विधी विधान, मूल्य मान्यता, नियम नमान्ने हो भने बैठक गर्न पेरिसडाँडा जानुहोस् भन्दै आक्रोश पोखेका छन् ।

हिजो (आइतवार) प्राईम टेलिभिजनको कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेकपा एमालेको बैठक कहाँ हुन्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि पनि पेरिसडाँडा धाइरहेको भन्दै पार्टी अफिसमा आएर छलफल गर्नको लागि  खनाल नेपाललाई अनुरोध गरेका हुन् ।

पार्टी अलग अलग भएपछि अदालतले भनेपछि पेरिसडाँडामा अध्यक्ष खोज्न किन कुदेको छ ? नेता नेपाललाई ‘खुरापात आईडिया फुर्छ’ भन्दै ओलीले नेता नेपालसँग बहुमत भए बैठकमा आएर बहुमतको निर्णय गरे भइहाल्यो नि भन्दै रोष प्रकट गरे ।

उनले भने, माओवादीपट्टी गएर त्रुटी भयो, ‘जे भयो भयो ? भनेर गल्तीमा माफि मागेर आए भइहाल्यो नि ! सप्रिएको फलको वृक्षमा पनि केहि फलहरु विभिन्न ढंगले बिग्रिन्छन् भन्दै उनले थपे,  ‘नेकपा एमाले लटरम्म फल्ने र फक्रिने पार्टी भएकोले हिजो बाटो बिराएकाले गल्ती भयो भन्दै सहि बाटो आएँ भन्दा ढोका खुल्ला छ।’

उनले, ‘केपी ओलीसँग सहकार्य गर्दिन भन्ने हो भने पाईन्छ । विवाह गरेका श्रीमान – श्रीमती त छुटीन्छन् । तर षडयन्त्र र गुटबन्दीका लागि पार्टीमा ठाउँ छैन।’

प्रचण्डसँग हिँडेका बेला नेपाल खनालसहितले आफूलाई साधारण सदस्यसमेत नहुनेगरी हटाएकोप्रति रुष्ट सुनिएका ओलीले भने जस्तै अपराध गर्नेलाई पनि निकाल्नु अघि सोधिन्छ नि !’ मलाई प्राप्त गर्न वा स्पष्टिकरण गर्न सकिँदैन ?  मलाई साधारण सदस्य समेत नरहने गरेर हटाउनुभयो रे ? कस्तो अचम्म ? तमाशा गर्ने, पार्टीका विरुद्ध मुद्धा मामिला गर्ने, नाटक, जालझेल, कपटी गर्ने, अनुशासनहित काम गर्ने, सभ्यता नाघ्ने हो भने पार्टीमा नबसे हुन्छ ।

अर्को एक प्रसंगमा आफूमाथि विभिन्न आरोप लगाउने, लान्छाना लगाउनेहरुले आत्मालोचना गरेर पार्टीमा आउनुपर्ने बताए। उनले आफू बदला लिने मनसायमा नभएको र नलिने भन्दै नेताहरुले आफ्नो गल्ती स्वीकारेर सुध्रिएर आउनुपर्ने बताए ।

ओलीले थपे, ‘अब त म निर्वाचित अध्यक्ष होला नि । मैले बैठक बोलाएँ, उहाँहरु आउनुभएन । आउँदो ७ गतेलाई फेरि बैठक बोलाएको छु । यत्ति हो, गल्ति गरेका नेताहरुले स्वीकार्नुपर्छ ।’

अर्को एक प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले जित्दा खुसी र पराजित हुँदा हतास हुने मात्तिने प्रवृत्ति आफूमा नभएको बताए । उनले भने, ‘अदालतलाई सम्मान गर्नुपर्छ’आफू जितेको अवस्थामा उत्साहित हुँदै खुसी मनाउने र हारेको वा त्यस्तो देखिएको अवस्थामा हतास हुने काम आफूबाट नहुने बताए । लड्डु खाएकाहरुले अहिले अदालत र आफूविरुद्ध गुटबन्दी गरिरहेको उनको भनाई छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै उनले पार्टी एकिकरण पछिको संयुक्त पार्टी नेकपाको जेट विमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूले हाँकेपनि प्रचण्डले बिचैमा सिटबाट फालहाल्ने काम गरेको बताएका छन्। पार्टी एकीकरणपछि दुई पाइलटले नेकपाको जेट विमान हाँकिरहेको भए पनि ल्याण्ड गर्न नपाई प्रचण्ड सिटबाट फाल हानेको उनले बताए । उनले भने, ‘हाँकिन्जेल हाँक्या हो। ‘ल्याण्ड’ गर्न पाएको छैन पाईलट सिटबाट ढोकाबाट जम्प गरेर, पाइलटको सिटबाट फाल हानेपछि के लाग्छ ?’

अन्तर्वार्ताका क्रममा ओलीले संसदमा अविश्वास प्रस्ताव सामना गर्न तयार रहेको बताए । आफूले बहुमत छँदाछँदै प्रधानमन्त्री पदबाट राजीनामा नदिने उनको अडान छ । उनले थपे, ‘म कति पपुलर रहेछु भने, मलाई सबैभन्दा मन नपराउनेले पनि समर्थन फिर्ता लिएको छैन ।’

अर्को एक प्रश्नको जवाफ दिँदै ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न आफूले कुनै प्रस्ताव नगरेको हुँदै त्यो जनमतको अपमान हुने बताए। त्यो आफूले नभनेको भन्दै उनले अस्विकार गरे।

रेशम चौधरीको सम्बन्धमा अरु नेताहरुलाई सोध्नुहोस् भन्दै संविधानको र कानूनको पालना गर्नुपर्छ भनेर आफू त्यसैमा जाने उनको भनाई छ । अनुचित बाटो र दिशामा देशलाई धकेल्न वा अप्ठेरोमा पार्छ त्यो सफल हुन नदिउँ भनेर म सचेत छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?