देउवाको नेतृत्वमा चुनावी सरकार गठन हुन्छ : प्रकाशसरण महत

धनगढी/टेकसिंह धामी । नेपाली कांग्रेसका नेता तथा सहमहामन्त्री प्रकाशसरण महतले कांग्रेसको नेतृतवमा सरकार गठन हुने बताएका छन् । महतले कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार गठन हुने दाबी गरेका हुन् ।

आइतवार धनगढीमा आयोजित कार्यकर्ता भेलामा नेता महतले देउवाको नेतृत्वमा सर्वपक्षीय चुनावी सरकारको वातावरण भए मात्रै कांग्रेस सरकारमा जाने विकल्प रहेको बताए । कांग्रेस नीति र विधानको पक्षधर पार्टी भएको भन्दै संविधान र कानून अनुसार नै चल्ने बताए ।

नेता महतले भने, ‘हामीले कहिल्यै संसद पुनर्स्थापना माग गरेनौं । अदालतमा गएको विषयलाई पार्टीले बहस गरेन । तर प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै जनता माझ गयौं ।’

आफूहरु कुनै समूहको पक्षधर नबन्ने उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?