सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक यही चैत ४ गते बुधवारका लागि बोलाइएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलद्वारा बैठक चैत ४ गतेका लागि बोलाइएको हो ।
चैत ४ गते दिउँसो १ बजे बैठकमा उपस्थित हुन म्यासेजमार्फत् जानकारी आएको एमाले प्रदेशसभा सदस्य सुशील थापाले बताए । ‘४ गतेका लागि दलको बैठक बोलाइएको छ, हामीलाई म्यासेजमार्फत् बैठक बस्ने जानकारी आएको हो,’ थापाले भने ।
बैठकमा एमालेका सम्पूर्ण प्रदेशसभा सदस्यलाई बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि राखिएको छ ।
उक्त दिन काठमाडौंमा भने एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय भेलाको आयोजना गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया