छ फरार प्रतिवादी पक्राउ

RSS
0
Shares

दमाली । तनहुँ प्रहरीले आइतवार छ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भइ फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बहुविवाह र अंश मुद्दाका दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक/एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यी प्रतिवादीबाट सात दिन कैद र रु १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । तनहुँ प्रहरीमा प्रहरी उपरीक्षक अरुण पौडेल आएपछि उनको नजर फरार प्रतिवादी पक्राउमा परेको छ । प्रहरीले चालू आर्थिक वर्षमा ३६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?