एजेन्सी । पाकिस्तानमा हिन्दू किशोरीको अपहरण गरी जबरजस्ती धर्म परिवर्तनको गराइएको अर्को घटना बाहिर आएको छ । अल्पसंख्यक हिन्दू समुदायको नाबालिग किशोरीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गराइएको हो । पछि त्यही अपहरणकारीसँग जबरजस्ती विवाह पनि गराइएको हो ।
किशोरीको उमेर १३ वर्ष रहेको छ । किशोरीलाई बहादनी जनजातिका एक व्यक्तिले अपहरण गरेका थिए । बरेलवी धर्मगुरु मियां मिठूले उनलाई जबरजस्ती इस्लाम धर्म परिवर्तन गराएका थिए ।
दक्षिण एसिया मिडिया रिसर्च इन्स्टिच्यूटका अनुसार धर्म परिवर्तन भएपछि उक्त किशोरीको अपहरणकर्तासँग विवाह भएको थियो । उक्त घटना सिन्ध प्रान्तको काश्मोर जिल्लाको तंगवानी तालुकामा भएको भन्दै पाकिस्तान टुडेले जनाएको छ ।
धर्म परिवर्तन गराइएको भिडियो पनि सेयर गरिएको छ । जुन अब इन्टरनेटमा भाइरल समेत भइसकेको छ । नाबालिग किशोरीलाई ८ मार्चमा उनको घरबाट अपहरण गरीएको थियो । उनको बुबाको दाबी अनुसार कम्तिमा ५ जना हतियारधारी पुरुषहरू उनीहरूको घरमा जबरजस्ती घुसेर किशोरीलाई अपहरण गरी लागेका थिए ।
रिपोर्टमा भनिएको छ कि स्थानीय प्रहरीले उक्त घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको छ । कथित रूपमा ती किशोरी अदालतमा हाजिर भइन् र उनी नाबालिग नभएको र उनको उमेर १८ बर्ष भन्दा बढी भएको स्वीकार गरेकी थिइन् । ती किशोरीले यो पनि आरोप लगाए कि उनले आफ्नो बाबुको इच्छा विपरीत विवाह गरेकी हुन्। यसैबीच रिपोर्टले दावी गरेको छ कि पुलिसले यो मुद्दा सिन्ध बाल विवाह ऐन अन्तर्गत दर्ता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया