१८ चैत्र २०७९, शनिवार

जुवाको खालबाट १२ जना पक्राउ

२०७४,आश्विन,१९,बिहीवार ०६:४१

0
Shares

धनकुटा, १९ असोज ।धनकुटाको पाख्रिबास नगरपालिकाका दिलबहादुर गुरुङको घरमा जुवाको खालबाट रु तीन लाख ५० हजारसहित १२ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।बुधबार साँझ पाख्रिबास नगरपालिका–४ मा रहेका दिलबहादुरको घरमा जुवा खेली रहेका १२ जना, १६ थान कौडा, तीन बुक ताससहित तीन लाख ५० हजार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले बताए । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यलयको टोलीले पक्राउ गरेको हो ।मितेरी बैंक रहेको सो घरको तीन तलामाथि सुरक्षित स्थान भन्दै दैनिकजसो जुवा खेल्ने गरेको स्थानीयवासीको गुनासो बढिरहेको बेला प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडे पक्राउ गरेको छ । धनकुटा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा समेत जुवा–तास खेल्न नदिन कडा निगरानी बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०६:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

अट्टाहस
 २०७९,चैत्र,१८,शनिवार ११:२१
रसुवागढी नाकाबाट मानव आवागमन खुला
 २०७९,चैत्र,१८,शनिवार ११:१९
टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु
 २०७९,चैत्र,१८,शनिवार ११:१७
पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३