काठमाडौं । राजधानीको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ ।
प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको हो ।
नास्टका सिनियर साइन्टिफिक अफिसर डा बुद्धराज शाह र साइन्टिफिक असिस्टेन्ट विपिन रिजालले गरेको परीक्षण यस्तो पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।
उनका अनुसार नास्टले आजमात्रै परीक्षणको रिपोर्ट पठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया