चैतको पहिलो दिन शेयर बजारमा भारी गिरावट

काठमाडौं । चैत महिनाको पहिलो दिन आज (आइतवार) शेयर बजारमा भारी अंकले गिरावट आएको छ ।

आइतवार शेयर बजार ५१.२३ अंकले गिरावट आई २४०७.२५ अंकमा रोकिएाको छ । यस दिन पर्यटन क्षेत्र र हाइड्रो पावर कम्पनी बाहेकका अन्य सबै समूहका कारोबारमा गिरावट आएको छ ।

आज कुल ४ अर्ब ९५ करोड रुपैँयाको कारोबार भएको छ भने ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयरको किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?