नाडाद्वारा ताप्लेजुङ दोभानका आगलागी पीडितलाई आर्थिक सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले ताप्लेजुङको दोभानमा भएको आगलागी पिडितहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

आइतवार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलको टोलीले भौतिक, पूर्वाधार तथा यातातात मन्त्री वसन्तकुमार नेम्बाङ्गसँग भेटी २ लाख १ हजार आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

नाडाको सामाजिक उत्तरदायित्व अन्र्तगत ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुको लागी जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गलाई सहयोग स्वरुप उक्त रकम उपलब्ध गराएको नाडाले जनाएको छ ।

भेटघाटका क्रममा नाडाका अध्यक्ष दुलालले ताप्लेजुङ्गको दोभानमा भएको आगलागी पिडितहरुको राहतको लागी नाडाको पदाधिकारी लगायत कार्यसमिती सदस्यहरुसँग रकम संकलन गरि २ लाख १हजार जिल्ला विपद व्यवस्थापन समिती ताप्लेजुङ्गको नाममा चेक माननिय मन्त्रीज्यूलाई हस्तान्तरण गरेका थिए ।

उक्त छलफलको क्रममा मन्त्री नेम्बाङ्गले देशमा परेको आपत् विपदको समयमा पनि नाडाले देखाएको चासो र सहयोग प्रती धन्यवाद व्यक्त गरेका छन् ।
साथै मन्त्रीबाट पनि नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट थपथाप गरि प्रदेश सांसद मार्फत जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङ्गलाई हस्तान्तरण गरि नाडालाई समेत जानकारी गराउने बताएका छन् ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत उपाध्यक्षद्धय करण कुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्र कुमार उपे्रती समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?