काठमाडौं । आज (आइतवार)सम्म प्रतिनिधिसभा र राष्ट्रिय सभाका २ सय ६५ जना सांसदले कोरोना विरुद्धको खोप लगाएका छन् ।
सांसदहरुले स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर कोरोना विरुद्धको खोप लगाएका छन् ।
फागुन २३ गतेको प्रतिनिधिसभा बैठकको बस्नु अघि संघीय संसदका सांसद र कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।
संघीय संसद सचिवालयका अनुसार आज (आइतवार)सम्म २ सय ६५ सांसद, स्वकीय सचिव, कर्मचारी गरी ११ सय १५ गरी कूल १३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया