हार्डफोर्डको १०५ किलोमिटर लामो मोटरसाईकल र्‍याली (तस्वीरहरु हेर्नुहोस्)

काठमाडौं । नेपालमा हार्डफोर्ड मोटरसाइकलको आधिकारिक विक्रेता इग्निसन अटो प्रा. लि. ले आफ्ना ग्राहकवहरुलाई “VR Exploring Adventure “नामक “Touring”कार्यक्रम सम्पन्न गरेको छ ।

इग्निसनले दैनिक जीवनयापन ,व्यवसायिक गतिशिलताका बिषयमा अन्तर्गत, आन्तरिक पर्यटन प्रवर्द्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका साथ शनिवार “Touring” कार्यक्रम सम्पन्न गरेको हो ।

त्रिपुरेश्वरस्थित हार्डफोर्ड शोरुमदेखी शुरु भएको राइड, हार्डफोर्डका नेशनल हेड समिर महर्जनले शुभारम्भ गरेका थिए । जुन सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बुढानिलकण्ठ हुँदै भोटेचौरसम्म पुगी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी हार्डफोर्ड सर्भिस सेन्टर बौद्धमा पुगी सम्पन्न भएको थियो ।

यस राइडमा ३६ वटा हार्डफोर्ड सवार ४० जना राइडरहरुले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाईकल र्‍यालीका लागी रोड क्याप्टेन मनिश बज्र शाक्य थिए । बिहानको ९.०० बजे त्रिपुरेश्वर देखी शुरु गरिएको मोटरसाईकल याली २ बजे भोटेचौर पुगी विभिन्न मनोरन्जनका कार्यक्रमहरु गरिएको थियो ।

बेलुकी ७.०० बजे इग्निसन अटो प्रा.लि.को आधिकारिक सर्भिश सेन्ट्र बौद्ध पुगी समापन भएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा “Lucky Draw” बाट भुषण राज बज्राचार्य विजयी भएका थिए भने “ARM Wrestling”मा नन्द मर्हजन प्रथम भएका थिए । त्यसका साथै “Bingo Full House Winner”  पनि भुषण राज बज्राचार्य नै भएका थिए । उनीहरु सबैलाई हार्डफोर्डका तर्फबाट उपहार पनि प्रदान गरिएको थियो ।

हार्डफोर्ड इण्डष्ट्रीयल कम्पनी लि, ताईवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरक इग्निसन अटो प्रा. लि. नियुक्त भएको छ ।

इग्नीसन अटो प्रा. लि.ले नेपालभरी नै आफ्ना डिलर नेटवर्क मार्फत हार्डफोर्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवम् बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ । हार्डफोर्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक (१) डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?