पेरिसडाँडामा माओवादी केन्द्रको बैठक जारी : पार्टीको नाम फेर्नेसम्मका एजेण्डा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले छलफलका लागि विभिन्न ६ वटा एजेण्डाहरु तय गरेको छ ।

ती बैठकमा कार्यकर्ता भेलादेखि पार्टीको नाम फेर्नेसम्मका एजेण्डाहरु तय गरिएका छन् ।

शहीदरुप्रति श्रद्धाञ्जलि, वर्तमान स्थितिबारे रिपोर्ट (केन्द्रीय कार्यालयको तर्फबाट र प्रदेश इन्चार्जबाट), छलफल सुझाव र टिप्पणी, संगठनात्मक कामबारे, कार्यकर्ता भेलाबारे विविध (पार्टीको नामबारे, एकताबारे) लगायतका एजेण्डाहरु तय गरिएको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिँदै एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्काइदिएको थियो । त्यससँगै माओवादी केन्द्रले आफ्नो नाम फेर्ने भन्नेबारे चर्चा चलेको थियो । आजको बैठकमा एजेण्डा नै तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?