काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) चीनको वुहानको प्रयोगशालाबाट नफैलिएको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । संगठनले चीनको प्रयोगशालाबाट भाइरस फैल्याइएको दाबीलाई खण्डन गर्न उक्त प्रतिवेदन सार्वजनिक गर्ने भएको हो ।
प्रतिवेदनमा कोरोना भाइरस चीनको प्रयोगशालाबाट नभई वुहानको हुआनान सीफूड मार्केटमा जीवित पशु वा फ्रोजन मासुमार्फत आएको विज्ञहरूको भनाइ उल्लेख गरिएको जनाइएको छ ।
वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले कोभिड–१९ बोकेका चमेरोको अध्ययन गर्ने गरेको अनुसन्धान टोलीका वरिष्ठ अधिकारीहरूले जनाएका छन् । वुहान इन्स्टिच्युटले चमेरोको अध्ययन गरेको भन्ने आशंका व्यक्त गरिँदा विश्व स्वास्थ्य संगठनको यस्तो प्रतिवेदनले विवाद भने निम्त्याउने देखिएको छ ।
चीनमा कोरोना भइरस सम्बन्धि अध्ययन गर्न गएका टोलीका सदस्य डा. पिटर दास्जाकले थिंकट्यांक च्याटम हाउसको एक कार्यक्रममा वुहानको बजार तथा दक्षिण चीनका विभिन्न क्षेत्रबीच सम्बन्ध रहेको बताए । उनका अनुसार ती क्षेत्रमा कोरोनाभाइरस बोक्ने चमेराहरू पाइन्छन् ।
- एजेन्सी
गत साता बेलायती थिंकट्यांक च्याटम हाउसले आयोजना गरेको एक सम्मेलनमा बोल्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया