काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षको अवधिमा देशमा उथलपुथल हुनेगरी काम गरेको दाबी गरेका छन् ।
आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देख्दा सामान्य लागेपनि आफू नेतृत्वको सरकारले व्यापक काम गरेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भने- ‘तीन वर्षकोबीचमा हामीले देख्दाखेरी सामान्य लाग्ने उथलपुथल हुने काम गरेका छौं। संकल्प गरेपछि हुने रहेछ नि, हामीले हाम्रो जस्तो देशलाई खुल्ला दिसामुक्त देश बनायौं । सभ्यताको सिढीमाथि उठ्यो देश, कति असभ्यताको स्थिति थियो। त्यस असभ्यताको स्थितिबाट सभ्यताको स्थितिमा पुर्याइयो।’
आफूले नेतृत्व गरेको सरकारले तीन वर्षको अवधीमा भौतिक र सामाजिक विकासका महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको बताए ।
त्यस्तै तीन वर्षको अवधिमा सडक, उर्जा, जलस्रोत लगायतका क्षेत्रमा सरकारले थुप्रै काम गरको उनको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया