काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक स्थगित भएको छ । चैत २ गते सोमवार (भोलि) का लागि बोलाइएको प्रदेशसभाको हिउँदे अधिवेशनको चौथो बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।
आज (आइतवार) एक सूचना जारी गर्दै प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले विशेष कारणले अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
प्रदेश सभामा तत्कालिन सत्तारुढ नेकपाकै सांसदहरुको सक्रियतामा मूख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । विशेष कारणले भनिएपनि सर्वोच्च अदालतको फैसलापछि राजनीतिक माहोल फेरिएका कारण संसद बैठक स्थगित गरिएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया