काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे शुरु हुने भनिएको बैठक केही ढिला गरि शुरु भएको हो ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि यो माओवादी केन्द्रको पहिलो बैठक हो ।
आजको बैठकमा पार्टी पूर्ववत् (माओवादी केन्द्र) मा फर्किएपछि एमालेमा लागेका नेताहरूलाई कारबाही गर्ने, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन फिर्ता र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
यसअघि शनिवार माओवादी केन्द्रको स्थायी कमिटी बसेको थियो । उक्त बैठकले आजको लागि केन्द्रीय कमिटी बैठक बोलाउने साथै केन्द्रीय कमिटी बैठकको कार्यसूची तयार गरेको थियो ।
शनिवारको बैठकमा पूर्व माओवादी केन्द्रतर्फका सरकारका मन्त्रीहरुलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ माओवादी केन्द्रका नेताहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेताहरुसँग व्यक्तिगत रूपमा स्पष्टिकरण सोधिएको र त्यसको पत्र नेताहरुलाई पठाइसकिएको तर सरकारी कार्यालय शनिवार भएकाले बन्द रहेको हुँदा आइतवार नेताहरुलाई उक्त पत्र पठाइनेछ ।
माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापासहित २३ नेतालाई शुक्रवार केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
एमाले केन्द्रीय सदस्यमा मनोनित भएका ती नेताहरूलाई दल त्याग गरेका हुन् वा होइनन् स्पष्ट पार्न स्पष्टिकरण पत्रमा भनिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया