सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आइतवार (आज) सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

शुक्रवार तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतवार बढेर तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी

आइतवार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?