डर्टमण्डको जितमा बर्लिन स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित हात पारेको छ ।

शनिवार रातिघरेलु मैदानमा भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ५४ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा भ्लादमिरले रातो कार्ड पाएपछि बर्लिन १० खेलाडीमा समेटियो ।

Image

त्यसपछि खेलको इन्जुरी समयमा मोउकोकोले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।

जितसँगै डर्टमण्डले २५ खेलमा ४२ अंक जोडेको छ ।

डर्टमण्ड लिगको पाँचौं स्थानमा रहेको छ ।

बर्लिन २१ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?