काठमाडौं । तारकेश्वर नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटीको पार्टी कार्यालय पुनर्स्थापना भएको छ ।
तत्कालीन नेकपा एमाले नगर कमिटीका अध्यक्ष विदुर अर्यालको नेतृत्वमा नेकपा एमालेको बोर्ड र सुर्य चिन्ह अंकित झण्डा राखिएको हो ।

नगरपालिकाको वडा नं ८ स्थित जरङ्खुमा आज बिहान भएको पार्टी कार्यालय पुनर्स्थापना कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु र नेकपा एमालेका नेता कार्यकर्ता र स्थानीयहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया