काठमाडौं । सल्यानमा आफ्नै दिदीलाइ बलात्कार गर्ने भाइ पक्राउ परेका छन् । १३ वर्षीय भाइले १६ वर्षीया दिदीलाई गत साउनमा बलात्कार गरेका थिए ।
गत साउन महिनामा घरमा दुई दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको प्रहरीले जनाएको छ। घटना बारे कसैलाइ केही जानकारी नदिएकी किशोरी गर्भवती भएपछि परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । अहिले उनको ८ महिनाको गर्भ रहेको छ ।
घटना बाहिरिएपछि पीडितले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।
प्रहरीले बलात्कार आरोपित बालकलाई फागुनमा २६ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया