पोखरीमा डुबेर किशोरको मृत्यु

राजविराज, १९ असोज ९ ।सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित दशैँको टीका लगाउन मामाघर गएका एकजना किशोरको बुधबार साँझ पोखरीमा डुबेर ज्यान गएको छ ।मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अविनाश चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।दशैँको टीका लगाउन अविनास मामाघर आएको बेला सोही गाउँमै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयवासीले जानकारी दिएका छन् ।उनलाई पोखरीबाट उद्धार गरी उपचारको लागि सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?