माओवादी केन्द्रले कारवाही गर्ने नेताहरूको सूचीमा को-को परे (नामसहित)

काठमाडौँ-नेकपा माओवादी केन्द्रले माओवादी केन्द्र छोडे्र एमालेमा गएका २३ जना नेताहरूलाई कारवाही गर्ने तयारी गरेको छ । ती नेताहरूलाई कारवाही गर्न पार्टी कार्यालय पेरिसडाँडामा ९ बजेदेखि माओवादीको स्थायी कमिटी बैठक बसेको छ । ती नेताहरूलाई अहिलेकै वा अर्को बैठकबाट कारवाही गर्ने माओवादीका एक स्थायी कमिटी सदस्यले बताए ।

कारबाहीमा पर्ने नेताहरुमा । माओवादीबाट नाम चलेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साहलगायत २३ जना नेताहरू एमालेको विभिन्‍न पदमा मनोनित भएका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेको बागमती प्रदेश इन्‍चार्ज भएका छन् ।

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश( २को अध्यक्षमा प्रभु साहलाई चयन गरिएको छ ।जारी बैठकले एमालेमा गएका नेताहरूलाई कारवाही गर्ने ‍‍एक स्थायी कमिटी सदस्यले जानकारी दिए । उनका अनुसार एमालेमा गएका माओवादीका सांसद पद पनि खारेज गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
माओवादीले कारवाहीको तयारी गरेको नामावली
1- रामबहादुर थापा
२-टोपबहादुर रायमाझी
३-लेखराज भट्ट
४- मणिचन्द थापा
५-प्रभु साह
६-टंक आङबुहाङ
७-पासाङ शेर्पा
८-ज्वाला साह
९-टेकबहादुर बलामी
१०- कमल जंग
११-मनोज थापा
१२-विषमलाल अधिकारी
१३-लिलाबहादुर थापा
१४-दधिराम न्यौपाने
१५-दिनेश पन्थी
१६-नवीन रोका
१७- धर्मराज रेग्मी
१८-डम्बर विष्ट
१९-गौरीशंकर थारु
२०- झपट बोहरा
२१- गिरधर लाल
२२- दावा लामा
२३-चन्द्रबहादुर खड्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?