काठमाडौँ- सरकारले कोरोनाविरुद्धको खोप सहजै ल्याउन नसक्ने भएपछि निजी कम्पनीलाई अनुमति दिने अवस्थामा पुगेको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्न अग्रिम भुक्तानी दिए पनि १० लाख डोज खोप समयमा दिएको छैन् । त्यस्तै ५० लाख खोप खरिदको प्रस्ताव गर्दा तत्काल दिन नसक्ने पत्र पठाइसकेको छ ।
नेपालमा प्रयोग भइसकेको खोप सरकारले सहजै ल्याउन नसक्ने भएपछि निजीलाई अघि सार्न लागिएको हो । निजीले खरिद गरेर ल्याएपछि उसैले बिक्री गर्ने गरी अनुमति दिन लागिएको छ ।खोप आयात गर्ने कम्पनीले खरिद, ढुवानी, भण्डारण गर्दाको मूल्यमा १० प्रतिशत नाफा दिएर सर्वसाधारणलाई लगाउन दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ ।
खोप ल्याएर हामीले तोकेको लक्षित वर्गलाई लगाउने गरी इच्छुक कम्पनीलाई सम्पर्कमा आउन दुईरतीन दिनमै आह्वान गर्दै छौं,’ स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘निजीले खोप ल्याउँदा पनि आफूखुसी मूल्य लिन पाउनेछैनन् । लागत मूल्यमा बढीमा १० प्रतिशतसम्म नाफा लिन पाउने व्यवस्था गर्छौं ।
सरकारले भारतबाट एक डोजको ४ डलरमा खरिद गरेको थियो । सिरम इन्स्टिच्युटको नेपाल एजेन्ट हुकुम इन्टरप्राइजेज हो । खोप आयात गर्न चाहने कम्पनीका एक प्रतिनिधिले निजीले पनि तीन महिनाअघि खोप ल्याउन सम्भव नभएको बताए । ‘सरकारले यो निर्णय गर्न ढिलाइ भयो, एक महिनाअघि यो निर्णय भएको भए हामी सहजै खोप ल्याउन सक्थ्यौं,’ ती प्रतिनिधिले भने, ‘अहिले त कम्पनीले मागअनुसार खोप उत्पादन गर्नै सकेको छैन ।
भारत सरकारको प्रत्यक्ष निगरानीमा रहेकाले कम्पनीले चाहँदैमा बिक्री गर्न सक्दैन । मन्त्रालयले यसअघि ५५ वर्षमाथिका नागरिकलाई खोप लगाउने घोषणा गरेको थियो तर खोप उत्पादन गर्ने कम्पनीले तत्काल खोप दिन नसक्ने पत्र पठाएपछि ६५ वर्षमाथिका नागरिकलाई मात्रै खोप दिने निर्णय सच्याउनुपरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया