रामकुमारी झाँक्रीको चेतावनी- ‘हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

काठमाडौँ-  एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमविरुद्ध राजनीतिक ढंगले लड्नुपर्ने बताउँदै कडा चेतावनी दिएकी छन्। ओलीको कदमलाई विधानविपरीतको ज्यादती भन्दै उनले आन्दोलनलाई यत्तिकै विसर्जन हुन नदिने बताएकी छन् ।

उनले लेखेकी छन्, ‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो,’तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचित कार्यसमिति भंग गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?