काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रदेश सांसदहरुलाई अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उक्त निर्देशन दिइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो । बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई विगतका गल्तीहरुलाई सच्याउँदै आत्मसमीक्षाको भावनाका साथ पार्टीमा क्रियाशील हुन आह्वान गरेको उनले बताएका छन् ।
एमालेले पार्टीभित्र रहेको ७० वर्षे उमेर हद हटाएको छ । पार्टीको बैठकले विधान संशोधन गरेर ७० वर्षे उमेरहदलगायतका केही विषय हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया