काठमाडौँ- नेकपा एमालेले नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत् रहेको जनाएको छ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक वक्तब्य नै जारी गरेर यस विषयमा स्पष्ट पारेका हुन् ।
उनले भनेका छन्, ‘महासचिव र अध्यक्षबाहेक अरुलाई हटाउने निर्णय भएको होइन, ‘नवौँ महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारीको पद यथावत छ।’ उनले पूर्व माओवादीबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय जिम्मेवारीमा स्थापित गरेको बताए ।
अब पहिले झै समानान्तर पार्टी कमिटी देखि अनेकन कार्यको छुट आगामी दिनमा हुन नदिने गरि निर्णयहरु भएको पनि उनले बताए । नेकपा माओवादी केन्द्रसँग एकताको कुरा कतै नभएको भन्दै अव नयाँ एमालेका रुपमा पार्टी अघि बढेको पनि उल्लेख गरेका छन् ।
बैठकले पार्टी एकीकरणका बेला कायम ४३५ केन्द्रीय सदस्यहरुलाई पार्टीमा सहभागी हुन आह्वान गर्दै पार्टी एकता र नेतृत्वको पक्षमा दृढतापूर्वक उभिएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह लगायत नेकपा (माओवादी–केन्द्र) पृष्ठभूमिका २३ जना कमरेडहरुलाई केन्द्रीय कमिटीको जिम्मेवारीमा स्थापित गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकले पार्टी महाधिवेशनको समयावधि, उमेर हद, कमिटीको संरचना लगायत कतिपय प्रश्नमा नवौं महाधिवेशनबाट पारित विधानका व्यवस्थाहरुलाई परिवर्तित सन्दर्भ अनुकूल बनाउन वाधा अड्काउ फुकाउने पनि निर्णय गरेको विज्ञप्तीमा छ ।
ज्ञवालीले निर्वाचन आयोगले भने बमोजिम १५ दिनभित्र माओवादीसँगको एकता अब सम्भव नरहेको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया