काठमाडौं- सरकारी पक्ष र जनता समाजवादी पार्टीबीच आज (शुक्रवार) पनि छलफल भएको छ ।
जसपाको दुई सदस्यीय कार्यदलले शुक्रवार सरकारी पक्षको कार्यदलसँग छलफल गरेको हो। छलफलका क्रममा जसपाले सत्ता साझेदारीका लागि आफूहरूको माग प्रस्तुत गरेका छन् । जसपाले जेलमा रहेका आफ्ना नेताहरू रिहा गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
आजको बैठकमा सरकारी कार्यदलमा सुवास नेम्वाङ, अर्थमन्त्री बिष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई छन्। त्यस्तै, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण कार्यदलमा छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरूबीच बिहिवार पनि छलफल भएको थियो । जसपाले आजै नेपाली कांग्रेससँग पनि छलफल गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया