हार्टफार्डको आधिकारिक वितरकमा इग्निसन अटो प्रालि नियुक्त

काठमाडौं । हार्टफार्ड इण्डष्ट्रीयल कम्पनी लिमिटेडको ताईवान (चाइना) बाट उत्पादित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक वितरकमा इग्निसन अटो प्रालि नियुक्त भएको छ ।

इग्निसन अटो प्रालिले नेपाल भरी नै आफ्ना डिलर नेटवर्क मार्फत हार्टफार्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरु को बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ ।

हार्टफार्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड हो ।

नेपाल मात्र होइन विश्वमानै कोरोनाको प्रभावले थिलथिलो भएको यस अवस्थामा इग्निसन अटो प्रालिले आफ्ना ग्राहकहरुलाई कोरोना कालमा दैनिक जीवनयापन , व्यवसयिक गतिशिलताका बिषयमा अन्र्तकृया, आन्तरिक पर्यटन प्रवर्द्धन , सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रभाह गर्ने उद्देश्यका साथ २०७७ फाल्गुन २९ गते “VR Exploring Adventure ” नामक “Touring” कार्यक्रम आयोजना गर्न गईरहेको छ ।

नेपालको टु व्हील कम्पनीहरु मध्येमा यस covid-19 को कालमा “Touring” कार्यक्रम सोसियल मिडियामा सव्रप्रथम घोषणा गरी आयोजना गर्ने कम्पनी इग्निसन अटो प्रालि रहेको छ ।

“Touring Rally” २०७७ साल फाल्गुन २९ गते बिहान ८ बजे काठमाडौंको त्रिपुरेश्वर स्थित हार्टफार्ड शोरुमबाट आरम्भ हुने छ ।

सुन्धारा-वीर अस्पातल-जमल – लैनचौर-लाजिम्पाट-महाराजगन्ज-बुढानिलकण्ठ-तारेभिर जहाँ मनमोहक दृश्यका साथ नास्थाको लागि रोकिने छ र पुन सुन्दरीजल डाम चिसापानी हुँदै भोटेचौर पुगेर खाना र मनोरन्जनका कार्यक्रमहरु गरिने छ ।

त्यसपछि साखु-थलि-जोरपाटी – बौद्धको सर्भिस सेन्टरमा पुगी समपन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?