संसदीय दलको बैठकपछि जसपाका नेताहरु पुगे देउवा निवास बुढानिलकण्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम साथै आगामी रणनीति तयार गर्न जसपाका शीर्ष नेताहरु देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

सरकार गठनबारे सबै दलहरुसँग छलफल तयारी गरिरहेको छ । यसैक्रममा आज नै जसपाले एमालेसँग पनि छलफल गर्दैछ ।

एमालेसँग छलफल गर्नुपूर्व जसपाले कांग्रेससँग छलफल गर्न लागेको हो ।

यसअघि जसपाको संसदीय दलको बैठक बसेको थियो । त्यस्तै आज नै केहीेबेर अघि कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?