काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आगामी चैत १ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेर बैठक बोलाएका हुन् ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काएसँगै पहिलोपटक एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बैठकमा सर्वोच्चको फैसलासँगै पूर्ववत् रुपमा फर्किएपछि पार्टीको सांगठनिक संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया