घट्यो सुनचाँदीको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ८ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ६ सयले गिरावट आइ प्रतितोला सुन ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ ।

बिहीवारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १२ सय ८५ रहेको थियो भने आज चाँदीको मूल्य १२ सय ७० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?