प्रचण्ड आज बुटवल जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन्। राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न दाहाल रुपन्देहीको बुटवल जान लागेका उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सम्मेलनमा दाहालसहित नेकपा एमालेका नेता घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कांग्रेस नेता मिन विश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा देशभरबाट ३ सय भन्दा बढी दलित पत्रकारहरु बुटवल पुगेको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

संघको राष्ट्रिय सम्मेलनको बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि उनले बुटवलमै हुने अर्को कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?