काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच बिहीबार साँझ भेटवार्ता भयो ।
छलफलमा प्रधानमन्त्री ओलीसहित एमाले नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, राजन भट्टराई सहभागी थिए भने जसपाका तर्फबाट नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोककुमार राई, लक्ष्मणलाल कर्ण सहभागी थिए ।जसपाबाट संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई अनुपस्थित थिए भने एमालेबाट माधव नेपाल पक्ष अनुपस्थित थिए ।
सत्ता समीकरण जस्तो महत्त्वपूर्ण विषयमा समेत पार्टीमा कुनै छलफल नगरी अघि बढ्न खोजेको भन्दै नेपाल समूहले असन्तुष्टि जनाएको छ । नेपाल पक्षका एक नेताले यस विषयमा आफूहरूसँग छलफल समेत नभएको र यो गलत कदम भएको बताए । नेपाल समुहको बिहीवार भएको छलफलमा बैठक बोलाउनुपर्ने माग भएको थियो ।
ओलीसँगको भेटमा जसपाले मधेस र थरुहट आन्दोलनमा जेलमा रहेका कैदी बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनको माग अघि सारेको थियो । जसपाले अघि सारेको मागमा प्रधानमन्त्री ओली सकारात्मक रहेको जनाएको छ ।
नेकपा एमाले र जसपाबीच भोलि पुन: वार्ता हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया