काठमाडौं- नेपाल मौसम पूर्वानुमान महाशाखाले आज बिहिवार राति देशभरका पहाडी क्षेत्रका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ ।
महाशाखाले अघि साँझ ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनमा पश्चिमी वायुको प्रभावले आज राति देशको पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको हो।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन २७ गते
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ।
फाल्गुन २८ गते
दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ।देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ।
राती : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ।
फाल्गुन २९ गते
दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ।
राती : गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्/हावाहुरि सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया