डा. केसीको चेतावनी- ‘चोर बाटोबाट सम्बन्धन दिलाए अनशन बस्छु’

काठमाडौं- डा.गोविन्द केसीले फेरि अनशन बस्ने चेतावनी दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा ऐन विपरीत निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोकिए पुनः अनशन बस्ने चेतावनी दिएका हुन्।

डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षाआयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो ।’ पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयू र वीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

अवैध रुपमा अघि बढाइएको सम्बन्धनको प्रक्रिया तत्काल रोकिनु पर्ने, विश्वविद्यालयको उपकुलपति बनेर विश्व विद्यालयलाई नै अनियमितता र भ्रष्टाचारको अखडा बनाउने केयूका उपकुलपतिले तत्काल राजीनामा दिनुपर्ने माग केसीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?