प्रधानमन्त्री र जसपाका नेताहरूबीच छलफल जारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीच बालुवाटारमा छलफल जारी छ।

प्रधानमन्त्री ओलीसंग छलफलका लागि जसपा नेताहरु बिहीबार साँझ बालुवाटार पुगेका हुन्।  छलफलमा लागि जसपा अध्यक्ष महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी छन्।

आजै बसेका जसपाको शीर्ष नेताहरुको बैठकले सत्ता समीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलसँग शीर्ष नेताले संयुक्त छलफल गर्ने निर्णय गरेको थियो।

मंगलबार बसेको जसपाको संसदीय दलको बैठकले रेशम चौधरीमाथिको मुद्दा र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने निष्कर्ष निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?