विश्व मिर्गौला दिवस तथा ११ औं नेपाल प्रत्यारोपण खेलकुद कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व मिर्गौला दिवस तथा ११ औं नेपाल प्रत्यारोपण खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

मिर्गौला रोग लागी प्रत्यारोपण गराईरहेका व्यक्ति पनि समाजमा अन्य व्यक्ति सरह सरल र सहज जीवनयापन गर्न सक्दछन् भन्ने सन्देश दिन मिर्गौला रोग पिडित बिरामीहरु तथा आरोग्य प्रतिष्ठानको आयोजनामा हरेक बर्ष यस कार्यक्रमको आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि विभिन्न खेलकुदको कार्यक्रमका साथै मिर्गौला पदयात्रा कार्यक्रम गरिएको छ ।

नेपाल सोसाईटी अफ नेफ्रोलोजीले आयोजना गरेको संयुक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिती रहेको थियो ।

मिर्गौला रोगका बारेमा विभिन्न जनचेतना मुलक ब्यानर, प्लेकार्डसहित र्‍याली वसन्तपुरबाट शुरु भई असन इनद्रचोक हुदैं पुन वसन्तपुरमा आएर सभामा परिणत भएको थियो ।

यसै अवसरमा वरिष्ठ मिर्गौला रोग विषेशज्ञ डाक्टर ऋषी कुमार काफ्लेको प्रमुख आतिथ्यमा बालाजुस्थित बालाजु डोजोहलमा भएको विश्व मिर्गौला दिवसको एक दिन अघि अर्थात हिजो भएको ब्याटमिन्टन प्रतियोगिताको विजयी खेलाडीलाई सम्मान तथा पुस्कार वितरण, र सांस्कृतिक कार्यक्रको आयोजना गरिएको थियो ।

कार्यक्रमममा वरिष्ठ गायिका आनि छोईङ्ग डोल्मा, नेपाल औद्योगिक विकास संघका अध्यक्ष नन्द किशोर बस्नेतको उपस्थित रहेको थियो ।

मिर्गौलाको रोग लाग्न नदिन सबै जना सचेत हुन पर्ने बताउँदै डा काफ्लेले सबै जनाले वर्षको एक पटक आफ्नो मिर्गौला जचाँउनु पर्ने बताए। साधारण पिसाव जाँचबाट नै मिर्गौलाको रोग पत्ता लाग्ने हुदाँ सबै नागरिको मिर्गौलाको जाँच गनु पर्ने डाक्टर काफ्लेले सुझाएका छन् । साथै उनले मिर्गौला प्रत्यारोपण पश्चात समाजमा बिरामी स्वस्थ हुने र अन्य व्यक्ति सरह सामान्य जीवन यापन गर्न सकिने बताए ।

आरोग्य प्रतिष्ठानका अध्यक्ष तथा समाजसेवी आनि छोईङ्ग डोल्माले यो पुण्यको काममा सहभागी हुन पाउँदा आफुलाई निकै नै भाग्यमानी महसुस भएको बताइन् ।

त्यस्तै सबैले बिरामीलाई हौसला दिए अझै स्वस्थ्यका साथ बाच्ने बताउँदै कोरोनाको महामारीमा आफ्नो ज्यूज्यानको पनि ख्याल नगरि बिरामीको सेवामा सेवारत सबै चिकित्सक, नर्स तथा स्वास्थ्य कर्मीलाई धन्यबाद ज्ञापन गर्नु भयो । साथै बिरामीको उपचारको लागी र जनचेतना अभिबृद्धि गर्ने बिरामीहरुको यस्ता कार्यक्रमा ब्यक्तिगत तर्फबाट र आरोगष्यको तर्फबाट सधै साथ सहयोग रहने बताइन् ।

विभिन्न विद्यामा विभिन्न उमेर समूहमा खेलकुदको प्रतियोगिता हुँदै आएको यस कार्यक्रममा बिरामीहरुबीच दौड प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, तथा मैत्रिपुर्ण फुटबल प्रतियोगिता हुँदै आएकोमा यस वर्ष कोरोनाको महामारीलाई मध्यनजर गर्दै ब्याटमिन्टन प्रतियोगिता मात्रै गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?