नक्कली नोटसहित २ जना पक्राउ

काठमाडौं । सुकेधारास्थित आयुष डान्सबार बाट १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका ३ का २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका ४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?